नियम ३५
मुद्दाको बहसमा सरकारी वकीलको तजबिज
  नेपाल सरकारलाई सरोकार पर्ने मुद्दामा महान्यायाधिवक्ताले कुनै विशेष निर्देशन दिएको रहेछ भने त्यसको अधीनमा रही सरकारी वकीलले व्यावसायिक आचरणको पालना गरी आफ्नो तजबिज अनुसार मुद्दामा बह गर्नेछ । सरकारी वकीलले सोबमोजिम बहस पैरवी गरेको कारणलाई मात्र आधार लिई निज उपर कुनै कारबाही गरिने वा गाली बेईज्जती मुद्दा चलाईने छैन ।